काठमाडौं । यही वैशाख २६ गते नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्नेछ । गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक झापामा पहिलो पटक यही वैशाख २८ देखि ३० गतेसम्म बस्दैछ ।