काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा ५ जना घाइते भएका थिए । प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ रहेका छन् । स्थानीय भविन गुरुङको मृत्युभएको प्रहरीले जनाएको छ । गुरुङ हेलिकोप्टरकै कर्मचारी रहेको बताइएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये पाइलट सुरेन्द्र पौडेल र छिरिङ भोटेलाई उपचारका लागि काठमाडौँ लगिएको डीआईजी बास्तोलाले जानकारी दिएका छन् । उनीहरुलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले दुर्घटनास्थलबाट उद्धार गरेको हो ।
अर्का सामान्य घाइते भएका विक्रम शंकरको भने खाँदबारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।