काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १७ करोड १७ लाख २१ हजार रुपैैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको यस्तो नाफा ११ करोड ३० लाख ३८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५३ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १२ अर्ब ५२ करोड ३७ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ३५ करोड ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५० करोड ८७ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको तीन दशमलव ३६ प्रतिशत निष्क्रिय कर्जा रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १० अर्ब ४१ करोड १० लाख दुई हजार रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ७१ करोड २४ लाख पाँच हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३० करोड ८६ लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको एक दशमलव ५४ प्रतिशत निष्क्रिय कर्जा रहेको थियो ।