काठमाडौं । समृद्धि फाइनान्सको बुटवल शाखाले वैशाख २२ गते बुद्ध जयन्तीको अवसरमा बुटवलस्थित पद्म चैत्य विहारमा फलफूल तथा जुस वितरण गरेको छ । यस्तै फाइनान्सको हेटौंडा शाखा कार्यालयले पनि जिक्देन शिवा छेत्रालिङ गुम्बामा खाद्यान्न वितरण गरेको छ । गुम्बाकी अध्यक्ष डोल्मा स्याङबोमार्फत खाद्यान्न वितरण गरिएको फाइनान्सले जनाएको छ ।
फाइनान्सले हाल आठवटा शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधाहरूका साथै बचत खातामा नौ प्रतिशतसम्मको उच्चतम ब्याजदरसमेत प्रदान गरिरहेको छ ।