काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । उनलाई बुधवार बिहान प्रहरीले जडिबुटीबाट पक्राउ गरेको हो । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा केसीलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एक अधिकृतले बताए । यससँगै शरणार्थी प्रकरण प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।