काठमाडौं । ललितपुर तयारी पोशाक व्यापार संघले आफ्नो स्थापनाको २५ वर्ष (रजत जयन्ती) विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । संघले पत्रकार सम्मेलनको आयोजना गरी आयकरसम्बन्धी अन्तरक्रिया, व्यावसायिक लेखा प्रणाली तालिम, बैंक तथा इन्स्योरेन्ससम्बन्धी सहजीकरण, सुस्वास्थ्यका लागि विविध कार्यक्रम गर्ने जानकारी दिएको हो ।
यस्तै असाहाय, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरुलाई सहयोग गर्ने, अन्तर संघ खेलकुद, स्मारिका प्रकाशन, दशैँ तिहार विशेष उपहार कार्यक्रम तथा सदस्यता अभिवृद्धिजस्ता कार्यक्रमहरुको आयोजना गर्ने संघका अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिए । २५ वर्षअघि पुष्परत्न शाक्यको अध्यक्षतामा ललितपुर जिल्लाका तयारी पोशाक, ब्याग तथा कस्मेटिक्स व्यवसायीहरुलाई संगठित गर्ने उद्देश्यले संघको स्थापना भएको हो ।