काठमाडौँ । प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीलाई नेकपा एमालेले निलम्बन गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै एमाले महासचिव शंकर पोखरेलले टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी दिएका हुन् ।