काठमाडौं । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले ‘यो नयाँ समयावधी, घर भित्र्यउनुस जापानिज प्रविधि’ नामक योजना बजारमा सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले सेन्साई ब्रान्डका सामानहरुको खरिदमा अधिकतम ३० हजार एक सय रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । यो योजना सीमित अवधिका लागि नेपालभर पाउन सकिने कम्पनीले जनाएको छ ।