काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले १० दशमलव ५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको एक सय ४०औँ बैठकले लाभांश वितरणसम्बन्धी निर्णय गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब रुपैयाँँको करसहित १० दशमलव ५२६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यसमा बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि इन्स्योरेन्सले गरेको छ ।
लाभांश वितरणसम्बन्धी उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।