काठमाडौँ । भ्रष्टाचारमा संलग्न भएका जो कोहीलाई नछोड्ने उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उद्घोष गरेका छन् । काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै उनले यस्तो उद्घोष गरेका हुन् । श्रेष्ठले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने बताए ।
‘भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई मुल रुपमा उठाएका छौँ । कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन् । दोषीलाई जहाँ गएपनि छोड्दैनौँ, यो हाम्रो प्रतिवद्धता हो ।’ श्रेष्ठले भने । उनले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई अहिलेको सरकारले मुल मुद्दा बनाएको बताए ।