काठमाडौं । नक्कली भुटानी शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडिएको हुँदा नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सां‌सद आरजु राणा देउवाले साइबर ब्यूरोमा उजुरी दिएकी छन्।

बुधबार उनले कुराकानीको अडिओको सत्यतथ्यसमेत पत्ता लगाउन माग गर्दै आरजुले साइबर ब्यूरोमा उजुरी दिएकी हुन्।