काठमाडौं । बृहत् नागरिक आन्दोलनले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा दोषी जति सबैलाई कानुनी दायरामा ल्याउन दबाब दिनका लागि काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेको छ।
‘नक्कली भुटानी शरणार्थीको काण्डको सक्कली छानबिन होस्, खोई कर, भ्रष्टाचारको पेटमा, मानव तस्करीको दश हात, टोपबहादुरलाई ओलीको साथ’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शनमा सहभागीहरूले बोकेका थिए ।
नेपाली कांग्रेस र नेकपा एमालेका उच्च तहका नेताहरू नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । ठूला नेताहरू मुछिएकाले यो प्रकरणको प्रभावकारी छानबिन गर्न दबाब दिनका लागि प्रदर्शन गरिएको प्रदर्शनकारीले बताए ।