काठमाडौं । महाअभियोगको आरोप लागेको तर अन्तिम किनारा नलागेका निलम्बित पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पेन्सनपट्टा पाउने भएका छन् । उनको सिफारिसलाई आधार बनाएर सरकारले का.मु. प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश बनाउने गृहकार्य थालेपछि चोलेन्द्र पनि चोखिने भएका हुन् ।
गत सोमबार बसेको संवैधानिक परिषद्को बैठकले चोलेन्द्रले सिफारिस गरेको हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ र अनिलकुमार सिन्हामध्येको पहिलो नम्बरको नाम हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा उमेरहदका कारण सेवानिवृत्त भएको हुँदा पद खाली भएको भनी बैठकले कार्कीको नाम सिफारिस गरेसँगै चोलेन्द्रलाई चोख्याएको हो ।