धादिङ । धादिङको गल्छी गाउँपालिका–८ का २८ वर्षीय विनोद थापा मगरको धारिलो हतियार प्रहारबाट ज्यान गएको छ । सामान्य विवादका कारण चक्कु प्रहार बाट घाइते भएका मगरको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक एसपी गौतम मिश्रले बताए ।
‘बुधबार ११ बजेतिर ग्राहकको रुपमा होटलमा आएका विनोद र होटल सञ्चालकबीच सामान्य भनाभन भएपछि यो घटना भएको हो ।’ मिश्रले भने । प्रहरीले घटनाको छानबिनका लागि होटल सञ्चालक सरस्वती पण्डित र उनका छोरा निरजलाई पक्राउ गरेको छ । साथै, होटलमा खाना खान आएका अन्य ४ जना ग्राहकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको एसपी मिश्रले बताएका छन् ।