काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री भेट्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित देउवा बालुवाटार पुगेका थिए ।
सरकारका नीति तथा कार्यक्रम र बजेटलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । छलफलमा विभिन्न मन्त्रालयका सचिवहरू पनि सहभागी भएका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक अघि सभापति देउवा र रक्षा मन्त्री खड्काले प्रधानमन्त्रीलाई भेटेका हुन् । भुटानी शरणार्थी प्रकरणमा देखिएको पछिल्लो राजनीतिक अवस्थाका विषयमा प्रचण्डसँग देउवा र खड्काको छलफल भएको बताइएको छ ।