काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन झण्डै तीन अंकले ओरालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार तीन दशमलव ३४ अंकले ओरालो लागेर १८ सय ३८ दशमलव ५९ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७१ अंकले ओरालो लागेर तीन सय ५३ दशमलव शुन्य नौं बिन्दुमा खुभ्चिएको छ । १३ वटा उपसमुहहरु अन्तर्गत आज दुई सय ५९ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट १६ हजार दुई सय चार पटकको कारोबारमा २१ लाख पाँच हजार छ सय ५७ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल कारोबार रकम ५७ करोड ८८ लाख ४१ हजार पाँच सय ९३ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा समुहहरुको कारोबार भएकोमा तीन वटा उपसमुहहरुको सुचक बढेर बाँकी उपसमुहहरुको सुचक घटेका छन् ।