काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट भएको छ । हाइड्रोपावरले आयोजना प्रभावितका लागि छुट्याएको छ लाख कित्ता सेयरमध्ये बिक्री हुन बाँकी रहेको दुई लाख ९३ हजार एक सय ६० कित्ता सेयरसमेत थप गरी १४ लाख ९३ हजार एक सय ६० किकत्ता सेयर मध्ये एक लाख २० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिएको र २९ हजार आठ सय ६३ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको र ७४ हजार छ सय ५८ कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरी बाँकी रहेको १२ लाख ६८ हजार छ सय ३९ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।
कम्पनीले २०८० वैशाख १३ गते देखि २०८० वैशाख १७ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको सेयर बुधबार बाँडफाट भएको हो । आईपीओमा शेयरका लागि ११ लाख ९९ हजार नौ सय ६७ योग्य आवेदकबाट गोलाप्रथाबाट छनोट भएका एक लाख २६ हजार आठ सय ६३ जना आवेदकले न्यूनतम १० कित्ताका दरले सेयर पाएका छन् ।