काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले शपथग्रहण गरेका छन् । बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष ढकालले शपथग्रहण गरेका हुन् ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष ढकालले नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार मर्जरसम्बन्धी कार्य समयमा सम्पन्न गर्न सफल भएकोमा धन्यवाद व्यक्त गरे भने प्राधिकरणका अध्यक्ष सिलवालले ढकाललाई सफल कार्यकालको लागि शुभकामना दिए ।