जनकपुरधाम । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वाग्रहरहित ढंगले अनुसन्धान गर्नुपर्ने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताए । यसबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धुमिल भएको भन्दै उनले अनुसन्धानमा जो दोषी देखिए पनि तिनलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
अध्यक्ष यादवले जनकपुरमा पत्रकार सम्मेलन गर्दै सरकारमा रहेका जिम्मेवार व्यक्तिले नै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको बताए । यसबाट नेपालको साख, छवि अन्तर्राष्ट्रिय जगतमा धुमिल भएको भन्दै उनले यो खासगरी अमेरिका लगायतका देशका लागि ज्यादा चिन्ता र सरोकारको विषय बनेको बताए ।