काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’, कांग्रेसका शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच छलफल भइरहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ तानिरहेका बेला उनीहरूको भेटघाटलाई अर्थपूर्णरूपमा लिइएको छ।
प्रमुख दलका शीर्ष नेताहरू पछिल्लो समय लगातारजस्तो भेटवार्तामा छन् । संसद्मा विचाराधीन संवैधानिक परिषद्लगायत विधेयकहरू, सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ। समसामयिक राजनीतिक विषयमा शीर्ष नेताबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।