काठमाडौँ । संसद् बैठकमा सहभागी हुँदा संसद्को मर्यादा कायम राख्न सांसदहरूले भड्किलो पोसाक लगाएर जान नपाउने भएका छन् । आइतबार बसेको प्रतिनिधि सभा कार्य व्यवस्था समितिको बैठकमा तोकिएको पोसाक लगाएर मात्र संसदमा जानुपर्ने सहमति भएको नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिए ।
‘सांसदहरू बैठकमा जाँदा अनिवार्य संसद्को लोगो लगाउनुपर्ने निर्णय भएको छ’, खतिवडाको भनाइ छ । त्यस्तै बैठकले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर आगामी जेठ ४ गतेका लागि समय निर्धारण गरेको छ ।
‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा कांग्रेस एमालेका सांसदहरूलाई तीन तीन मिनेट र अरु सांसदहरूलाई १ मिनेटका दरले समय निर्धारण गर्ने सहमति भएको नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले जानकारी दिए ।