काभ्रे । आइतबार रातिको वर्षापछि वीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको आएको बाढीले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा आएको छ ।
कालढुंगामा लेदोले चारवटा गाडी पुरेको थियो । गाडी लेदोमा पुरिए पनि चालक र यात्री सकुशल रहेको डीएसपी न्यौपानेले बताए । सडकको लेदो हटाएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।
चिउरिबासमा सडकसँगै क्षेत्रबहादुर लामाको घर पनि लेदोले पुरिएको छ । लामाको घरमा भएका दुई वटा खसी, तीन वटा बाख्रा, अन्नपात र भाँडाकुडा सबै पुरिएका छन् । डीएसपी न्यौपानेले बताए ।