काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानमन्त्री पुषपकमल दाहालबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने, सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद्को संयुक्त बैठक कहिले बस्ने भन्ने विषयमा छलफल भएको तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्ण सुधार नभएका कारण नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने सहमति भएको थियो । त्यस्तै जेठ ४ गते संघीय संसद्मा बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रश्नोत्तर गर्ने तयारी गरेका छन् ।