काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३६ लाख १४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको नाफा पाँच करोड ९३ लाख ९५ हजार रुपैयाँ थियो ।
१७ करोड ९१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८० करोड ९४ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब आठ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड ९८ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ४९ लाख नौ हजार रुपैयाँ रहेको छ । यस्तै निष्क्रिय कर्जाको अनुपात ११ दशमलव ४८ प्रतिशत रहेको छ ।
गत अर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७८ करोड ७० लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १५ करोड ३७ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड ६३ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सो अवधिमा लघुवित्तले दुई करोड ४९ लाख २२ हजार रुपैयाँ प्रोभिजन गरेको थियो भने निष्क्रिय कर्जा अनुपात तीन दशमलव २७ प्रतिशत थियो ।