काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३६ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको यस्तो नाफा तीन करोड ३१ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १६ करोड ६१ लाख ३८ हजार रुपैयाँ रहेको लघुवित्तले चालू अर्थिक वर्षको तेस्रो त्रैमासमा ६९ करोड ४४ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब दुई करोड ७९ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ९७ लाख एक हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको प्रोभिजन रकम नौ लाख ९० हजार रुपैयाँ पुगेको छ । लघुवित्तको निष्क्रिय कर्जा तीन दशमलव ५९ प्रतिशत छ ।
गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६२ करोड ६६ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९९ करोड ४३ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ५४ लाख ८८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको प्रोभिजन रकम एक करोड चार लाख ८५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ६८ प्रतिशत थियो ।