काठमाडौं । मानव तस्करीका घटनामा राजनीतिक दलका उच्च नेताहरु नै संलग्न हुनु दुःखद् भएको सांसद चित्रबहादुर केसीले बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले आफ्ना दाजुभाइ नै बिक्री गर्ने दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा वर्तमान सरकार र गृहमन्त्रीले देखाएको सक्रियतालाई धन्यवाद दिँदै सांसद केसीले दोषीलाई कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी राख्न नहुने उल्लेख गरे ।
यस्तै विकास निर्माणमा बजेट काटिएको भन्दै सांसद राजेन्द्र बजगाईंले गुनासो गरे । उनले गोरखाका विभिन्न आयोजनामा देखिएको बेथिति अन्त्य गर्न र विकास निर्माणको काम कारबाहीलाई प्रभावकारी बनाउन आग्रह गरे ।