काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार रौतहटको गजुरा वडा नं २ घर भई हाल भक्तपुरको ठिमी बस्ने ३२ वर्षीय उत्तरमान गोलेलाई पक्राउ गरिएको हो ।
उच्च अदालत पाटन, ललितपुरको विसं २०७९ मंसिर १३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा चार लाख ६० हजार रुपैयाँ जरिवाना र दुई दिन कैद सजाय तोकी फरार रहेका गोलेलाई कार्यालयको विशेष टोलीले आइतबार भक्तपुरको लोकन्थलीबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीको भनाइ छ । पक्राउ परेका गोलेलाई आइतबार नै फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पठाइएको छ ।