काठमाडौं । पार्टीले आयोजना गरेको मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै मदन भण्डारी र जीवराज आश्रितको हत्या प्रकरण सदासदाको लागि रहस्यमय घटनाका रूपमा रहने अवस्थामा पुगेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताएका छन्।
राज्य र त्यतिबेलाको नेतृत्वको कमजोरीका कारण मदन भण्डारी र जीवराज आश्रितको हत्या प्रकरण रहस्यमय हत्याकाण्डको रूपमा रहिरहेको नेता खनालले बताए । उनले त्यतिबेला घटना कसरी भयो भन्ने प्रत्यक्ष प्रमाणहरू हुँदाहुँदै पनि त्यसलाई सदुपयोग गरेर अनुसन्धानको आधार नबनाइएको बताए।
दुई प्रमुख नेताहरुको हत्यापछि एमालेले अनेकौं चुनौतीको सामना गर्नुपरेको खनालले बताए। उनले माओवादी सशस्त्र द्वन्द्वतामा एमालेको झन्डै तीनसय होनहार कार्यकर्ता मारिएको पनि बताए।