काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको छ । बिहीबार दिउँसो १ बजे सुरु भएको बैठकमा सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्न लागेका हुन् ।
संसद सचिवालयका अनुसार १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न सोध्न पाउनेछन् । तर बिहीबार १६ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन् । प्रतिनिधिसभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था छ ।
यस्तै, प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आव २०७८र०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि रहेको छ ।