काठमाडौं । सेयर बजारमा हरियाली देखिएको छ । अघिल्लो दिन २३ अंकले उकालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि ३२ दशमलव ३० अंकले उकालो लागेर १८ सय ७७ दशमलव ३२ बिन्दुमा कायम रहन सफल भएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव २३ अंकले उकालो लागेर तीन सय ५८ दशमलव १८ बिन्दुमा कायम रहन सफल भएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६४ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ३२ हजार पाँच सय ७९ पटकको कारोबारमा ४४ लाख २२ हजार एक सय ८६ कित्ता सेयर खरिद बिक्री भएको छ । सोही खरिद बिक्रीको आधारमा आज कुल कारोबार रकम एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार तीन सय ८८ रुपैंयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका १३ वटा उपसमुहहरु मध्ये बाँणिज्य बैक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, जीवन बीमा, निर्जिवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उच्च अंकले बढेर सेयर बजार पुरै हरियो भएको छ ।