काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेडको आईएमई–पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच भुक्तानी छुट साझेदारी सम्झौता भएको छ । सम्झौताअनुसार, क्रिस्टल डाइग्नोस्टिकमा आईएमई–पेमार्फत् भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट प्राप्त गर्नसकिने छ ।
सो सम्झौताअन्तर्गत ग्राहकलाई आफ्नो स्वास्थ्यसम्बन्धी क्रिस्टल डाइग्नोस्टिकको कुनैपनि सेवा प्रयोग गरी आईएमई–पेमार्फत् भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ । पहिलो चरणमा छ महिनाको लागि गरिएको यस सम्झौतामार्फत् ग्राहकहरूले क्रिस्टल डायग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवाबाहेक अरू सबै सेवामा सो छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडले प्रवद्र्धन गरेको आईएमई–पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवाप्रदायक हो । आईएमई–पे, आईएमई ग्रुपको डिजिटल वित्तीय सेवाप्रदायक अन्तर्गत्को एक उत्पादन हो ।