काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले पोखराको कास्की मोडल हस्पिटलमा स्वास्थ्य परीक्षण गर्दा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई थप सेवा दिनको लागि हस्पिटलसँग सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले हस्पिटलको सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था समेत गरेको छ । त्यसैगरी, प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।