काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बेलुका ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । पौडेलले कुनै तामझाम नगरी संसद भवन नयाँ बानेश्वर जाने तयारी गरेका छन् ।