काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन पुगेका छन् । आर्थिक वर्ष २०८०/०८१ सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएको छ ।

राष्ट्रपति पौडेल सडक खाली नगराइकनै शीतल निवासबाट संसद भवन पुगेका थिए । यसअघिको कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद भवन आउँदा शितल निवासदेखि नै सडक खाली गराउने गरिएको थियो ।