काठमाडौं, ‘आईएमई–पे’ले बिगमार्ट, चितवनसँग सम्झौता गरी ह्याप्पी सपिङ एट् बिगमार्ट नामको अफर सञ्चालन गरेको छ । सो अफरको पहिलो चरणअन्तर्गत ग्राहकलाई जेठ महिनाभर बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा ‘आईएमई–पे’को स्मार्ट क्युआर स्क्यानमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट हुनेछ । ग्राहकले प्रत्येक कारोबारमा एक सय रुपैयाँसम्म छुट पाउन सक्ने बैंकले जनाएको छ । ग्राहकले अफर अवधिभर पाँच पटकसम्म छुट पाउनेछन् । अफरको दोस्रो चरण असार एक गतेदेखि साउन ३२ सम्म रहने छ । सो अवधिमा ‘आईएमई पे’ले चितवन बिगमार्टमा राखिने एक्टिभेसन बुथमा ‘आईएमई पे’को खाता सुचारु गर्ने र ग्राहकलाई विभिन्न गेम खेलाई आकर्षक उपहार प्रदान गर्नेछ ।