काठमाडौं,सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको ठमेलस्थित अजा डायनास्टी प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौतापछि बैंकका ग्राहकले कार्ड र मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
यस सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।बैंकले देशभर एक सय ८२ शाखा, तीन विस्तारित काउन्टर, एक सय ३९ एटीएम, छ कियोस्क सेवा र ९७ शाखारहित बैंकिङ इकाइबाट वित्तीय सेवा दिँदै आएको छ ।