काठमाडौं, साताको सुरुवाती कारोबार दिन आईतबार नैं सेयर बजारमा सुधार देखिएको छ । आज आईतबार बजार परिसुचक पाँच दशमलव ८८ अंकले उकालो लागेर १८ सय ८३ दशमलव २० बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १४ अंकले उकालो लागेर तीन सय ५८ दशमलव ३३ बिन्दुमा चढेको छ ।
आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय ७३ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३४ हजार तीन सय ३१ पटकको कारोबारमा ४८ लाख २८ हजार सात सय ७६ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब ६० करोड चार लाख ९२ हजार सात सय ३१ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १३ वटा समुहहरुको कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, जीवन बीमा, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक उकालो लागेका छन् भने बिकास बैंक, जलबिद्युत, फाईनान्स र उत्पादनमुलक समुहको सुचक ओरालो लागेका छन् ।