काठमाडौं,प्रभुलाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही जेठ २६ गते आफनो पाँचौँ वार्षिक साधारणसभाको आह्वान गरेको हो ।

कम्पनीको जेठ तीन गते बसेको एक सय ४१ औं बैठकले वार्षिक साधारणसभासम्बन्धी निर्णय गरेको हो । उक्त सभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी कम्पनीले गरेको छ ।