काठमाडौं, सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्ले दिन पाँच दशमलव ८८ बिन्दुले उकालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पुन आठ दशमलव १० अंकले उकालो लागेर १८ सय ९१ दशमलव ३१ बिन्दुमा चढेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५४ अंकले उकालो लागेर तीन सय ५८ दशमलव ८८ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय ७२ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २५ हजार सात सय ४६ पटकको कारोबारमा ३४ लाख ९५ हजार सात सय ५२ कित्ता सेयर खरिद बिक्री भएका छन् ।
सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब २७ करोड ८७ लाख चार हजार सात सय २६ रुपैंयाँ पुगेको छ ।नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये बाँणिज्य बैंक र टे«डिङ उपसमुहहरुको सुचक ओरालो लागेपनि बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जिवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।