काठमाडौं,बाग्मती प्रदेश सभाबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको चिट्ठा व्यवस्थापनसम्बन्धी विधेयक फिर्ता भएको छ ।सङ्घीय चिट्ठासम्बन्धी एनमा भएको व्यवस्थासँग बाझिएको पाइएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त विधेयक प्रदेश सभामा फिर्ता पठाएका हुन् ।विधेयक सम्पति शुद्धीकरण र कालो धनलाई वैधता दिन रोक्ने लगायतका सवालमा मौन रहेको पाइएको छ । फिर्ता पठाइएको विधेयक यथास्थितिमा प्रमाणिकरण भएर ऐन बन्दा सङ्गठित अपराध बढ्ने र ठगी बढ्नेबारेमा प्रदेश सभाको छलफलको क्रममा समेत उठाइए पनि सामान्य छलफलबाट नै गत चैत २८ गतेको मन्त्रीपरिषद् बैठकले सामाजिक हितका लागि भन्दै प्रदेशभर चिट्ठा खेल्ने खेलाउने अनुमति दिन कानुन बनाउने गरी विधेयक पेस गर्ने निर्णय गरेको थियो ।