काठमाडौं,आईएमई पेमार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरूले अब एक सय २५ रुपैयाँ क्यासब्याक पाउने भएका छन् ।

ग्राहकले एयरलाइन्स कम्पनीअनुसार ७५ रुपैयाँ वा सोभन्दा बढी र आईएमई पेको ‘वोनस’ प्रोमोकोड प्रयोगमा थप ५० रुपैयाँ गरी कम्तीमा एक सय २५ रुपैयाँ वा सोभन्दा बढी क्यासब्याक पाउन सकिने कम्पनीले जनाएको छ ।आईएमई पेको ‘बोनस’ प्रोमोकोड जेठ ७ देखि असार ६ गतेसम्म प्रत्येक ग्राहकले एकपटकमात्र प्रयोग गर्न पाउने छन् ।