काठमाडौं,सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ५१ अंकले उकालो लागेको बजार परिसुचक साताको चौंथो आज बुधबार पुन १६ दशमलव ४९ अंकले उकालो लागेर १९ सय ५९ दशमलव १२ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५८ अंकले उकालो लागेर तीन सय ७१ दशमलव ३१ बिन्दुमा चढेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुमहरु अन्र्तगत दुई सय ७० वटा कम्पनीहरुको सेयर किनबेच भएको छ । जसबाट ३४ हजार आठ सय ४१ पटकको कारोबारमा ४८ लाख ६५ हजार चार सय ७५ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज कारोबार भएका कुल उपसमुमहरु मध्ये फाईनान्स, जलबिद्युत र सामुहिक लगानी कोष समुहहरुको सुचक ओरालो लागेपनि बाँणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, निर्जिवन बीमा सहितका १० वटा समुहहरुको सुचक बढेका छन् ।