काठमाडौं । कुथेलीबुखरी स्मल हाइड्रोपावर लिमिटेडले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडमार्फत यही जेठ १९ गतेबाट आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारमा रहेकाहरूको लागि साधारण सेयरको बिक्री खुल्ला गर्न लागेको हो ।
कम्पनीका अनुसार जारी पुँजी १२ करोड १८ लाख ६७ हजार पाँच सय रुपैयाँमध्येबाट १२ प्रतिशतका दरले हुन आउने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक करोड २१ लाख ८६ हजार आठ सय रुपैयाँ बराबरको एक लाख २१ हजार आठ सय ६८ कित्ता सेयर आयोजना प्रभावित दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकाका स्थानीयवासीको लागि साधारण सेयरको बिक्री आह्वान गरिएको हो । यसैगरी हाल कायम रहेको जारी पुँजीको १० प्रतिशतका दरले वैदेशिक रोजगारीमा रहेकाहरूको लागि साधारण सेयरको बिक्री आह्वान गरिएको हो ।
आयोजना प्रभावितको हकमा यही जेठ १९ गतेबाट सेयर बिक्री खुला भई छिटोमा असार १ गते र ढिलोमा असार १७ गते बन्द हुनेछ । यसैगरी वैदेशिक रोजगारीमा रहेकाहरूको हकमा भने यही जेठ १९ गतेबाट बिक्री कार्य सुरु भई यही असार १ गते बिक्री कार्य बन्द हुनेछ ।