काठमाडौँ । बिहीवार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भूटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएकाहरुको बारेमा थप अनुसन्धान भइरहेको बताएका छन् ।
गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न आवश्यक भएको भन्दै देशको नागरिकलाई अनागरिक बनाइ विदेश पठाइ सम्पती कमाउने काम सह्य नहुने बताए । कोही व्यक्तिले दिएको बयानकै आधारमा पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको बताए ।
अन्तिम फैसला अदालतले गर्छ, त्यो फैसला हामीले पर्खनु नै पर्छ । गृहमन्त्री श्रेष्ठले भने, मैले नेपाल प्रहरीलाई निष्पक्ष रुपमा राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन गर्न भनेको छु ।