काठमाडौं । शुक्रबार बसेको संसद बैठक नेकपा एमालेले अवरोध गरेको छ । नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन भनेर पित्तलको जलरी हालेको आरोप लगाएको भन्दै संसदको रेकर्डबाट दाहालको भनाइ हटाउनु पर्ने माग राखेर एमालेले संसद अवरोध गरेको हो ।