काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड ४९ लाख २२ हजार आठ सय ९५ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले दुई करोड सात लाख ६८ हजार आठ सय १३ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार पाँच सय ३२ रुपैंयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासिक अवधिमा ५४ करोड ४६ लाख ३४ हजार दुई सय ७७ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ४२ करोड १६ लाख ८६ हजार छ सय २० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ६५ लाख २९ हजार १५ रुपैयाँ कर्जा प्रवाह गरेको संस्थामा तीन दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ८८ लाख ३७ हजार रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने दुई दशमलव ६९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ५५ करोड ३१ लाख २० हजार आठ सय ५३ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १९ करोड ९८ लाख ८९ हजार चार सय ८६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड ४१ लाख ३९ हजार पाँच सय २२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव शून्य तीन प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव ९८ प्रतिशत रहेको थियो ।