काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमान्डुले नयाँ प्रयोगकर्ता तथा स्वादका पारखीहरूलाई लक्षित गरी नयाँ क्याम्पेन ‘फस्ट वाइट’ ल्याएको छ ।
यस योजनाअन्तर्गत फुडमान्डु एपका नयाँ प्रयोगकर्ताहरूले आप्mनो पहिलो अर्डरमा २५ प्रतिशत छुट पाउने छन् । फुडमान्डुकी सिनियर ब्राण्ड मार्केटिङ एक्ज्युकेटिभ अंकिता जोशीका अनुसार फस्ट बाइटले स्वादका पारखी युवाहरूलाई आकर्षण गर्न मात्र खोजेको नभई यसले युवा जमातको विभिन्न थरीका स्वाद र खानाको अनुभव लिने बानी अँगाल्न खोजेको छ ।
नयाँ प्रयोगकर्ताहरूले फुडमान्डु एपबाट अर्डर गर्दा फस्ट वाइट भौचर कोड प्रयोग गरेर सजिलै यो क्याम्पेनमा सहभागी हुन सक्ने बताइएको छ ।