काठमाडौं । काठमाडौँ कोटेश्वरस्थित होटेल तपोवनमा डा. चन्द्रकान्त राउत ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

उक्त बैठकमा सरकार, पार्टीको विधान, सङ्गठन निर्माणलगायतका विषयमा छलफल भइरहेको सो पार्टीले जनाएको छ । यसैगरी शुक्रबारको बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेण्डा समेत राखिएको बताइएको छ ।