काठमाडौं । ‘आईएमई पे’ले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘रु. १ मा के, सामसुङ इन आईएमई पे’ नामक खेल आप्mनो एपमार्फत सार्वजनिक गरेको छ । जेठ १० गतेदेखि जेठ १७ गतेसम्म चल्ने यस अफरमा ‘आईएमई पे’का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल १ रुपैयाँमा सो खेल खेली सामसुङको ग्यालेक्सी ए–१४ ५ जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने छन् ।
प्रयोगकर्ताहरूले यो खेल आईएमई पे एपको होमपेजमा ‘रु १ मा के’ ब्यानरमा गई खेल्न सक्ने छन् । एकहप्ते यो अफरमा प्रयोगकर्ताहरूले धेरै पटक एक रुपैयाँ तिरी सो खेल खेल्न सक्ने कम्पनीले जनाएको छ । यो अफरको अन्त्यमा एक भाग्यशाली विजेताको घोषणा आईएमई पेको सामाजिक सञ्जालमार्फत हुनेछ । साथै, यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ ।