काठमाडौं । सांसदले संसदमा उठाएको शंकास्पद अनियमितताको विषय शीर्ष नेताको सहमतिमा रेकर्डबाट हटाउनु विडम्बनापूर्ण भएको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । शनिबार शीर्ष नेताहरुबीच दाहालको सो अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएपछि संसद सचिवालयले रेकर्डबाट हटाएको छ ।
पशुपतिनाथ मन्दिरमा सुन भनेर तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले लगाएपछि एमालेले जेठ १२ गतेको संसद बैठक अवरुद्ध पारेको थियो ।
यसबारे नेता कोइरालाले आफ्नो धारणा सार्वजनिक गर्दै सामाजिक सन्जालमा लेखेका छन्, ‘हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैछौं । के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग गर्न नपाउने हो ?’ उनले लेखेका छन्, ‘संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा संचार जगत पनि छन् भन्ने कुरा बुझी राखौं ।